काठमाण्डौं – युवराज चौलागाईको नयाँ गीत सार्वजनिक भएको छ । गोपी श्रेष्ठ र अनुस्का पाठकको शब्द रहेको ‘मल मल सारी’ बोलको गीतमा सङ्गीत गायक चौलागाई कै रहेको छ ।
बुधवार सार्वजनिक भएको गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज चौलागाई फिचर्ड छन् । कबिराज गहत राजको निर्देशन रहेको भिडियोलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् ।
यसै गरी सुदिप बरालले खिचेका हुन् । पछिल्लो समय निकै चर्चामा रहेका गायक चौलागाईको गीत फरक स्वादको रहेको छ भने मौलिक स्वाद समेटिएको छ । गीतको अडियो र भिडियो निकै सुन्दर बनेको छ ।
Discussion about this post