काठमाडौं, मंसिर १५ गते ।
भारत र पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन्् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद््को कभर्डहलमा भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ को सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा हरायो । महिलामा नेपाल र भारतले शनिबारै उपाधि भिडन्त पक्का गरिसकेका छन्् ।
—————————————–नेपालको दोहोरो जित———————————
सागअन्तर्गत खो खोमा नेपालले दोहोरो जित हात पारेको छ । खो खेलको पहिलो दिन आइतबार नेपालको पुरुष÷महिला दुवै टोलीले विजयी सुरुआत ग¥यो ।
कीर्तिपुरको नयाँ बजार भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित ग¥यो । महिलामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो ।
भारतले पनि दोहोरो जितका साथ यात्रा प्रारम्भ गरेको छ । पुरुष÷महिला दुवैमा भारतले श्रीलंकालाई पन्छायो । पुरुषमा भारत २१–८ तथा महिलामा ३२–४ ले विजयी भयो ।
पुरुष÷महिला दुवैमा समान ४–४ राष्ट्र सहभागी छन्् । चारै टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्् । राउन्ड रोविनमा शीर्ष १ र ३ तथा २ र ४ मा रहने टिमले सेमिफाइनमा पुनः प्रतिस्पर्धा गर्ने छन्् । फाइनल डिसेम्बर ४ मा हुने छ ।
——————————–ब्याडमिन्टनमा नेपालको पदक पक्का—————————
१३ औं साग अन्तरग भएको ब्याडमिन्टन टिम ईभेन्टस््मा नेपालको पदक पक्का भएको छ ।
पोखरा रङ्गशालामा नवनिर्मीत ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३ – ० ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो । नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ्गले भुटानी खेलाडी अनिश गुरुङ्गलाई २१ – ६, २१ – ९ ले, दिपेश धामीले नैदुप दोर्जेलाई २१ – १३, २१ – १४ ले तथा उदियमान खेलाडी प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१ – १२, २१ – ५ ले पराजित गर्दै पदक पक्का गरेका हुन्् । यस्तै महिला टोलीले पनि बंगलादेश माथि ३ – ० को नै जित निकाल्दै पदकमा नाम लेखाएका छन्् । नङ्गशल देवी तामाङ्गले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ ले, रशिला महर्जनले एलिना सुल्तानालाई २८–२६, २१–१९ ले तथा जेशिका गुरुङ्गले विस्त्री खातुनलाई २१–१८, २२–२० ले पराजित गर्दै अर्को पदक पक्का गरे ।
अव नेपालले फाईनल प्रवेशका लागि दुवै टोलीले श्रीलङ्काको सामना गर्ने प्रशिक्षक किरण थापाले जानकारी गराए ।
——————————-ट्र«ाईयाथलनको प्रतिस्पर्धा भोली————————————
१३ औं साग अन्तरगतनै पोखरामा आयोजना हुने ट्राईयाथलन खेलको प्रतिस्पर्धा भोली सोमबार बिहान हुने छ । भोली हुने ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्् । पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन्् ।
खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गर्नेछन्् ।
भोली बिहान हुने प्रतिस्पर्धाका लागि आज खेलाडीहरुको दर्ता, साईकल तथा खेलाडीहरुले लगाउने पोशाक परिक्षण गरिएको छ । त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरुलाई टेक्निकल डेलिगेटले बिस्तृत जानकारी तथा खेलस्थलका बारेमा जानकारी प्रदान गरेका छन्् । खेललाई निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिईएको छ ।
फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ । खेलाडीहरुको लागि तालमा एकै साथ डाईभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलो पटक प्रयोग गरिएको छ ।
दुई स्वर्ण पदकको छिनोफानो भोली सोमबारनै हुने । प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्का गरि तीन देशको सहभागिता रहेको छ ।
Discussion about this post