Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ फाल्गुन २०७६, सोमबार १८:१४
in अन्य, शिक्षा, संघ, समाचार, समाज, स्वास्थ्य
0
कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।
5.1k
SHARES
7.5k
VIEWS
Share on FacebookShare on Twitter

सूचना

कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

१. साउदी अरबको स्वास्थ्य मन्त्रालयले हिजो मिति २०७६।११।१८(तदनुसार मार्च १, २०२०) मा उपलव्ध गराएको जानकारी अनुसार साउदी अरबमा हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन ।

२. एक व्यक्तिबाट अर्को व्यक्तिमा सजैलै सर्ने यस भाइरसको साउदी अरबमा संक्रमण रोक्न साउदी अधिकारीहरुले सार्वजनिक गरेका केही महत्वपूर्ण जानकारी नेपाली समुदायका लागि उपयोगी देखिएकाले समावेश गरिएको छ ।

· उमराह (Umrah) तथा Prophet’s Mosque को भ्रमणमा साउदी आउने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायीरूपमा बन्द गरिएको छ । यस सम्बन्धी भीसा प्रकृया नै बन्द गरिएको छ । यो सूचना माथिको प्रयोजनका लागि साउदी आउने नेपाली नागरिकहरुलाई उपयोगी देखिन्छ ।

· जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले उक्त भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ । ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।

· केही देशहरुबाट भ्रमण भीसा तथा पर्यटक भीसा (Visit visa तथा Tourist visa) मा साउदी अरब आउन अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भीसा तथा पर्यटक भीसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्नुहुनेछ ।

· साउदी सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहनुभएका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् ।

· साउदी सरकारले देशका विभिन्न २५ बटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २२०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । यी अस्पतालका सूची प्राप्त भएपछि पोष्ट गरिने छ ।

माथि उल्लेख जानकारीका अतिरिक्त निम्न कुराहरुमा ध्यान दिन नेपाली राजदूतावास यहां रहनुभएका नेपालीहरुमा अनुरोध गर्दछ ।

१. साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थमा पूर्ण सजगता अपनाउनुहुन अनुरोध छ ।

२. साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्नुहुन अनुरोध छ । विदेशी नागरिकहरु धेरै भेला भएका स्थानहरुमा अत्यावश्यक भएमा बाहेक नजानुहोस् ।

३. रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।

४. नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरु सकेसम्म कम गर्नुहोस् । कार्यक्रम गर्दा मास्कको अनिवार्य प्रयोग गर्नुहोस् ।

५. नियमित हात धुनुहोस्, खोक्दा, हाछ्युं गर्दा रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् ।

६. मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।

७. मादक पदार्थ सेवनबाट शरीर शीथिल हुने र शीथिल शरीरमा रोगव्याधीले सजिलै आक्रमण गर्ने एवं शरीरमा रोग लागेको अड्कल गर्न समेत कठीन हुने भएकाले मादक पदार्थ सेवन नगर्नुहोस । साउदी अरबमा मादक पदार्थ सेवन गर्नु गम्भीर अपराध भएको समेत यहां पुन: स्मरण गराइन्छ ।

नेपाली राजदूतावास

रियाद ।

२०७६।११।१९

Previous Post

नायक अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ ।

Next Post

मेजर ज्ञान नाछिरिङको मेरी मायालुलाई सार्बजनिक (भिडियो सहित)

Next Post
मेजर ज्ञान नाछिरिङको मेरी मायालुलाई सार्बजनिक (भिडियो सहित)

मेजर ज्ञान नाछिरिङको मेरी मायालुलाई सार्बजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal