Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १७:०२
in खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
तेक्वान्दोमा नेपाललाई सात स्वर्ण
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्पm कुल ७ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो ।

त्यस्तै श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो । नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन्् । नेपालले महिला टिम पुम्सेतर्पm १७–२९ वर्षउमेर समूह(निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह(निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जित्न सफल भएको हो ।

नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन्् । व्यक्तिगत विधातर्पm आयषाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन्् । यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली(७.७५५०)ले र निसा महरुन(७.३६०) ले कांस्य पदक जितिन्् ।

२९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६)लाई पछि पारेका थिए । यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते ।

त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्पm पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए । सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन्् । सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन्् । यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन्् ।

२३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन्् । यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन्् ।

सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए । भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए । यस विधामा श्रीलंका निसाकां जयसिंघे(८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०)ले कांस्य पदक जिते ।

१७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए । कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए । यस विधामा भारत लालथला मुइनपुई(८.१२०) र बंगलादेशका कमरुल इस्लाम(८.०९०) ले कांस्य पदक जितेका छन्् ।

पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे । यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ््स (८.०३०) ले कांस्य पदक प्राप्त गरे । १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते ।

२३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए । यस विधामा श्रीलंकाकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते ।

Previous Post

दक्षिण एसियाली खेलकुदः लनटेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलमा

Next Post

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान, डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम (फोटो फिचर)

Next Post
सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान, डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम (फोटो फिचर)

सन्दर्भः लैगिङ््क हिंसा विरुद्धको १६ दिने अभियान, डुडुवामा सामुहिक रयाली र विशेष कार्यक्रम (फोटो फिचर)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal