धेरै पछि एउटा कविता: के हाे त्याे उपचार अाैषधि?
……..✍️
छैनन् दैव कुनै कुना भुवनमा भन्ने बनायाैं किन?
काेराेना भय त्याे भयानक हुदै संन्त्रास भाे जीवन ।
लान्छाै प्राण चुँडेर मन्द गतिले अाघात पार्दै किन?
के हाे त्याे उपचार अाैषधिहरू याे राेग मेटाउन?
[१]
कस्ताे काल रहेछ भाइरस याे विज्ञान भाे निश्फल ।
के याे पाप सराप वा समयकाे दुष्कर्मकाे हाे फल ।
याैटै देश रहेन विश्व जगमा बढ्दै गयाे झन्झन ।
काेराेना उपचार अाैषधि छ के निम्ट्यान्न मेटाउन
[२]
सारा दम्भ अदम्भ भित्र दुनियाँ सामर्थ्य चीत्कार छ ।
पैसा निर्बल वस्तु भाे पलकमै अाफैं तिरस्कार छ ।
अत्याचार बढ्याे समस्त जनमा बिर्सेर अाफ्नाेपन ।
के हाे त्याे उपचार अाैषधिहरू अाफैं तिमीले भन ।
[३]
हाहाकार जताततै छ अहिले मान्छे डराए यहाँ ।
भ्रष्टाचार हजार दर्द अरुछन् पीडा लुकाअाैं कहाँ ।
सारा मन्दिर चैत्य मस्जिदहरू बालूँ दियो लाै भन?
अाविष्कार कहाँ र हुन्छ कहिले याे राेग मेटाउन ।
[४]
खाेजाैं दिव्य भविष्य विश्व जनमा मुस्कान छर्ने मन ।
अात्मामा भगवान् भए हरघडी काे सक्छ तर्साउन ।
गीता ज्ञान कुरान बाइबल हुन् सत्मार्गकाे जीवन ।
मान्छे दूर भएर बस्न भनियाे याे राेग मेटाउन ।
[५]
धाेई हात सफा र शुद्ध मनले गर्ने गराैं भाेजन ।
इच्छा शक्ति र उच्च अात्मबलले हर्छन् अरे चिन्तन ।
अाफ्नाे ख्याल गर्याैं गर्याैं अरुहरू साेचेर अाफ्नाेपन
भन्छन् याे उपचार अाैषधि अरे याे राेग मेटाउन ।
[६]
छन्द : शार्दूलविक्रीडित
रचनाकार : नमराज लामिछाने
ठेगना: नुवाकोट /काठमाडौ
मिति: २२ चैत २०
Discussion about this post