देश लकडाउनमा गए पछि नियमित प्रसारणमा आइरहेका टेलीभिजन कार्यक्रमहरु बन्द भए । अहिले पनि केही कार्यक्रम हरुको उच्च साबधानी अपनाएर छायांकन भैरहेको छ भने केही प्रसारण आउन थाली सकेका छन ।
यस्तैमा पर्छ नेपाल टेलीभिजन बाट प्रसारण हुने चर्चित कमेडी शो ” मुन्द्रेको कमेडी कल्ब “। यो कार्यक्रम पनि अब नियमित प्रसारणमा आउने भएको छ । तर नयाँ सिजन सुरु हुदै गर्दा कार्यक्रममा केही परिबर्तन हुने भएको छ ।

पहिलो सिजनमा कार्यक्रममा कलाकार तथा निर्देशक दिपाश्री निरौला अध्यक्ष को रुपमा थिइन भने अब उन्को ठाउमा नायिका करिशमा मानन्धर देखीने भएकी छीन । उनी संगै केही नयाँ कलाकार पनि कार्यक्रममा देखीने छ साथै नाय सेटमा कार्यक्रमको छायांकन भैरहेको छ । हाल सम्म चार भाग छायांकन भैसकेको छ । यसै बिच फेसबुकमा स्टाट्स लेख्दै जितु नेपाल , मुन्द्रेको कमेडी कल्ब समुहलाइ र दर्शकलाई धन्यवाद दिएकी छिन ||
यस्तो छ उन्को स्टाट्स :- नमस्कार
मुन्द्रेको कमेडि शो को पहिलो season सकिएर दोस्रो season सुरू हूदैछ यस्को लागि कार्यक्रममा धेरै परिवर्तन हरू पनि गरिएको छ फेरी त्यहि माया र सद्भभाब कार्यक्रम लाइ निरन्तर प्रदान गर्नु हुन्छ भन्ने आशा गरेकि छू ….. मलाइ पहिलो season का लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जीतू भाइ लाइ धन्यवाद!यस्तै गरेर मलाइ हौसला दिने शशि सर , पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाइ मनै दैखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू ,जस्ले हाम्रा कमि कमजोरीहरू लाइ नज़रअंदाज़ गरेर कार्यक्रम लाइ स्विकार गरिदिनु भो ! निकट भबिष्यमा टेलिभिजनको पर्दामा केहि फ़रक कार्यक्रम सहित उपस्थित हुनेछू सम्पूर्ण दर्शकहरूमा नमन

Discussion about this post