१. कोरोना संक्रमणको महामारी शुरुहुनु भन्दा अगाडि नै अकमाको म्याद सकिएका, नवीकरण नगरिएका वा ५ महिना भन्दा लामो समयसम्ममा अकमा नबनाइएका, भगौडा भएका तर कुनै केस नलागेका वा अन्य कुनै कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीहरुका संख्या दैनिक बढ्दै गएको जानकारी प्राप्त भएको छ । माथिको अवस्थामा रहनुभएका नेपालीहरुले राजदूतावासका टेलिफोन नम्वरहरु ०५०००३१७०५, ०५०००३४७८६ मा प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु टिपाउनुहुन अनुरोध छ ।
२. माथि बुंदा नं १ को सूचनालाई टेलिफोन, सामाजिक संजाल लगायतका उपायहरुबाट धेरै नेपालीहरुबीच पुर्याउन सहयोग गरिदिनुहुन गैर आवासीय नेपाली संघ, क्रियाशील नेपाली संघसंस्था, अनलाइन मिडियाका प्रवन्धक एवं प्रतिनिधिहरुमा नेपाली राजदूतावास विनम्र अनुरोध गर्दछ । साथै, महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण राजदूतावासमा टिपाइदिनुहुन अनुरोध छ ।
३. समस्या टिपाउदा टेलिफोन वा ह्वाट्स्एप वा इमेल कुनै एक माध्यमबाट मात्र टिपाउनुहुन अनुरोध छ ।
४. आज मिति २०७७।०१।२२ (मे ४, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८,६५६ पुगेको छ । आज थप १,६४५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४,४७६ जना निको भएका छन् । आज ८ जना सहित आजसम्ममा जम्मा १९१ जना संक्रमितको मृत्यु भएको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको छ ।
५. साउदी अरबमा क्रियाशील गैर आवासीय नेपाली संघ, नेपाली संघसंस्था, अनलाइन मिडियाका प्रतिनिधिहरुको आफ्नो अद्यावधिक इमेल ठेगाना यस राजदूतावासलाई आवश्यक परेकोले तल उल्लेख इमेलमा शीघ्र उपलव्ध गराइदिनुहुन अनुरोध छ ।
——————————-
नेपाली राजदूतावास
रियाद ।
सम्पर्कः (०११४६१११०८ कार्यालय समयमा, ०५५९३८९६००(WhatsApp समेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np
Discussion about this post