इटहरी रंगशालामा अवको पाँच दिनमा सम्पन्न गर्ने गरि तिव्रगतिमा सय वेढको आइसोलेसन निर्माण भइरहेको छ । ब्यवस्थापन उपसमिति संयोजक भूपेन्द्र वरालका अनुसार माटोपूर्ने काम सकेर खानेपानी र विद्युत जडान गरिएको छ ।

भोलीदेखि विद्युत वाइरिङ्गको काम हुने छ । केही वेड ल्याइएको र अन्य भोली ल्याइने,वाइफाइ पनि भोली जोडिने ब्यवस्थापन उपसमिति सदस्य गौरी परियारले जानकारी दिनुभयो ।

शौचालय धमाधम निर्माण जारी छ । १२ शौचालय र दुई वाथरुप हुने छन । आज नेपाली सेनाले सरसफाइमा सहयोग गरेको छ । इटहरीको आइसोलेसनमा लक्षण नदेखिएका संक्रमितहरुलाई राखिने छ ।
Discussion about this post