फिल्म ‘प्रेम गीत ३’मा नायक प्रदिप खड्काको बाल्यकाल भुमिका निवार्ह गरेका अनुभव रेग्मीको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा उनलाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ । अनुभवको साथै नव–नायिका किस्ट्रिना गुरुङको बाल्यकालको भुमिका निभाएकी योगीशा खत्रीलाई पनि पोस्टरमा देखिइएको छ । उक्त पोस्टरमा अनुभव र योगीशालाई प्रस्तुत गरिएको छ ।

पिरियड ड्रामा फिल्ममा प्रदीप खड्का, नव–अभिनेता मनिष राउत, नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।
छेतेन गुरुङ र सन्तोष सेन संघ गरियो को रमाइलो कुराकानी :-
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । यो फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

Discussion about this post