काठमाडौं, मंसिर २० गते ।
१३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।
टियु मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १६४ रनको लक्ष्य पछ््याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको हो ।
माल्दिभ्सको लागि मोहमद आजमले सर्वा््िधक १७, मोहमद रिश्वानले १३, इब्राहिम हसनले १२ तथा अलि इभानले ११ रन बनाउनु बाहेक अन्य ब्याट््सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन््। नेपालको बलिंगमा देब्रे हाते स्पिनरद्वय सुशन भारि र ललित राजबंशीले समान २–२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थिया े।
नेपालको लागि करन केसीले सर्वा््िधक ४० रन बनाए । केसीले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै दिपेन्द्र ऐरीले ३९, आरिफ शेखले १७, ज्ञानेन्द्र मल्लले १९ तथा पारस खड््काले ११ रन बनाए । माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वा््िधक ३ विकेट तथा अमिल मौरुफले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच करन केसी चुनिए ।
Discussion about this post