काठमाडौं, मंसिर २० गते ।
१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत चौथो दिनको पहिलो खेलमा बंगलादेश यु– २३ ले भुटानलाई १० विकेटले पराजित गरेको छ।
टियु मैदानमा सम्पन्न खेलमा भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६।५ ओभरमा विकेट नगुमाई पुरा गर्यो।

बंगलादेशको लागि सौम्य सरकार र मोहम्मद नैमले क्रमशः अविजित ५० र १६ रन बनाए। प्लेयर अफ द म्याच समेत चुनिएका सौम्यले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यस अघि टस जितेर ब्याटिंग गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो। उसको लागि तेन्जिंग वांगचुकले सर्वाधिक १५ , जिग्मे सिंगेले १३ तथा जिग्मे दोर्जीले १२ रन बनाईन्। बंगलादेश बलर मनिक खानले २ विकेट तथा मेहदी हसन, तन्भिर इस्लाम, अबेदीन अफ्रिदी र सौम्य सरकारले समान १ विकेट लिए।
Discussion about this post