काठमाडौं –
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ ।
सोमबारदेखि लैनचौरस्थित टिटिहलमा भएको प्रतियोपगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन्् ।
भारतीय खेलाडीसँग पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिगल्सतर्फ पहिलो पटक पदक जितेका हुन्् ।
शुक्रबार बिहान भएको सेमिफाइनलमा युवा स्टार स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए । उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए ।
यता अर्को सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए । उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए ।
काठमाडौंमा भएको सागमा टेनिसको सिंगल्सतर्फ नेपालले दुई कास्य जितेको छ ।
सागमा नेपाल टेबलटेनिसले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो । शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो ।

टेबलटेनिसमा चौथो पदक महिला टिम इभेन्ट््समा नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो ।
महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो ।
पुरुषतर्फ कास्य नेपालले जितेपनि स्वर्ण र रजत भारतले जितेको छ ।
TABLE TENNIS
MENS SINGLES
1. AMALRAJ ANTHONY 4-3 INDIA (GOLD)
2. HARMEET DESAI INDAI (SILVER)
FINAL SCORE 6-11, 9-11, 10-12, 11-7, 11-4, 11-9, 11-7
SANTOO SHRESTHA NEPAL (BRONZE)
PURUSHOTTAM BOJHRACHARYA NEPAL (BRONZE)
WOMENS SINGLES
SUTIRTHA MUKHERJI INDIA (GOLD)
AYHIKA MUKHERJI INDIA (SILVER)
ERANDI DLLUSHIKA SRILANKA (BRONZE)
ISHARA MADURANGL SRILANKA (BRONZE)
Discussion about this post