१३औं सागअन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ । शुक्रबारबाट सुरु प्रतियोगितामा भारतले पुरुष इपी, पुरुष साबर र महिला फ््वेलमा स्वर्ण जितेको हो ।

पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।
पुरुषकै साबरमा भारतका करण सिंहले स्वर्ण जिते । उनले फाइनलमा भारतकै कुमरेसन पद््म गिसोनिधिलाई पराजित गरे । बंगलादेशका बिपुल मोहमद इफ््ता खरुल आलम र श्रीलंकाका रोसन अराचेगले कांस्य जिते ।

महिलाको फ््वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । भारतकी थोइबी देवी वाङ््गेलबमले स्वर्ण, भारतकै राधिका प्रकाश अवातीले रजत, बंगलादेशकी मोहिमा अख्तर र रमा सिंहले कांस्य जिते ।
Discussion about this post