नेपालगन्ज २० मंसिर ।
नेपालगन्जमा भ्रष्टाचारविरुद्ध नागरिक खबरदारी गरिने भएको छ । ९ डिसेम्बरमा पर्ने अन्र्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको सन्दर्भमा बाँकेका विभिन्न स्थानमा कार्यक्रम गरि मनाउने निर्णय भएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा आज शुक्रबार बसेको सरोकारवालाको समन्वयात्मक बैठकले दिवसका सन्दर्भमा विभिन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले गरेको निर्णय अनुसार संस्थाले जिल्लाका सम्पुर्ण स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुले आ–आफनो सम्पत्ती विवरण सार्वजनिक गरि वेभसाइटमा राख्न दबाब दिने, खजुरा गाउँपालिकामा भ्रष्टचारविरुद्धको प्रतिबद्धता सहितको हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, भ्रष्टाचारबिरुद्धका सचेतनामुलक सामाग्री सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने, भ्रष्टचारविरुद्धको सचेतनामुलक सन्देश प्रचार प्रसारका लागि प्रर्चा पम्पलेटका साथै होर्डिङ्ग जडान गर्ने जस्ता कार्यक्रम गरिने अध्यक्ष विश्वजीत तिवारीले बताउनुभयो । उहाँका अनुसार दिवसको सन्दर्भमा विशेष गरि सेवा प्रदायक निकायहरुमा हुने भ्रष्टचार, ढिलासुस्ती र घुसखोरीको न्युनीकरणका लागि सर्बप्रथम हरेक सेवाग्राही तथा नागरिकबाट त्यसको विरोध शुरु हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरि १० डिसेम्बरका दिन पर्ने अन्र्तराष्टिय मानव अधिकार दिवसलाई पनि विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । संस्थाले सो दिन जिल्लास्तरमा मानव अधिकारका सवालमा स्थानीय तहको भुमिकाका विषयमा बृहत अन्र्तक्रिया गर्ने, बाँकेको डुडुवा गाउँपालिकामा सचेतनामुलक रयाली गर्ने, बर्दियाको बढैयातालमा रयाली तथा मैनबत्ती प्रज्वलन कार्यक्रम गर्ने छ ।
आइएचआरसी संस्थाले संयोजन गर्ने कार्यक्रमहमा जिल्लास्तरमा रहेको मानव अधिकार सञ्जाल, राष्ट्रिय मानव अधिकार आयोग तथा जिल्लाका विभिन्न स्थानीय तहको समेत सहकार्य रहने छ ।
Discussion about this post