अहिले विश्वभर कोरोनाभाईरसको महामारी फैलिएको छ । सबै नेपालीलकडाउनको प्रभावमा छन् । कोरोनाप्रभावितहरुकालागीबिभिन्न सामाजिक संस्थातथा समाजसेवीहरु सक्रिय रुपमा राहतकाप्याकेज बितरण गरिरहेका छन् ।
यसैबिचमहाभुकम्प पछि निरन्तर सामाजिककार्यमा सक्रिय सामाजिक संस्थाधुर्मुस सुन्तली फाउण्डेशनले कोरोनाप्रभावित नेपालीहरुकालागीबिभिन्न राहत सामाग्रीवितरण गरिरहेको छ । कोरोनाको महामारीले बिभिन्न स्थानमाअलपत्र परेका नेपालीतथाबिहान बेलुकाखानाखान समेत समस्याभएका नेपालीहरुकालागी फाउण्डेशनले बिभिन्नतरिकाले सहयोग गरिरहेको छ ।

फाउण्डेशनले पहिलो चरणमा उद्धार कार्य र दोश्रो चरणमा राहतबितरण गर्दै अहिले निशुल्कभोजनको व्यवस्था गरेको छ । बैसाख ९ गते किर्तिपुर स्थित रहेको त्रिभुवनविश्वबिद्यालयमाअध्यनरत २०० जनाबिद्यार्थीहरुकालागी राहतवितरण संगैंकोरोनाप्रभावितहरुपहिचान गरी निरन्तर सहयोग गरिरहेको छ । त्रिभुवनविश्वबिद्यालयका २०० बिद्यार्थीहरुकालागी फाउण्डेशनले २०० बोरा चामल, ६०० केजीदाल, २०० पाकेट नुन, २०० लिटर तेल र २०० कार्टुन बिस्कुट सहितखाद्यान्न सहयोग प्रदान गरेको हो । त्यससंगैंझापामाअलपत्र परेको चितवनका २४ बिद्यार्थीहरुलाई चितवन र ललितपुरमाअलपत्रअवस्थामा रहेका ९५ जनामजदुरहरुलाई २ वटा बस रिजर्भ गरी उनिहरुको गृहजिल्ला दाङ पठाईएको थियो ।

धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाण्डौं, ललितपुर तथाभत्तपुरमा रहेकाबिभिन्नबिपन्न, गरिव, बिभिन्न रोगीहरु, ज्यालामजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, बिद्यार्थी, बृद्ध, गर्भवतीमहिलालगायतका पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोग समेत गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमाधुर्मुसले बिभिन्न पीडामा रहेकाकोरोनाप्रभावितआमाहरुलाई आर्थिक सहयोग गरेकाथिए । धुर्मुसले आमाहरुलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयर समेत भएको छ । फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेलकाअनुसार कोरोनाप्रभावितकालागीहालसम्म ११ लाख बराबरको राहतविरण गरिसकिएको छ ।
बिभिन्न राहतकाप्याकेजवितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले निशुल्कभोजन सुरु गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिकज्यालादारी गर्ने मजदुर, असहायतथाबिपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेशनले ललितपुरको थसिखेलमानिशुल्कभोजनको व्यवस्था गरेको हो । ललितपुर स्थित रहेको प्रतिभाबहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संगको सहकार्यमा फाउण्डेशनले आजबाट प्रतिभा सहकारीको भवन अगाडी भोजनको व्यवस्था गरेको हो । अशक्ततथाबिपन्नवर्गका पीडितहरु बिहान ९ बजेदेखी ११ बजेसम्म र साँझ ५ बजेदेखी७ बजेसम्मनिशुल्कभोजनकालागीत्यहाँजान सक्नेछन् । र फाउण्डेशनले आवश्यक पीडितहरु उक्त स्थानमाआई भोजनमा सहभागीहुन अनुरोध समेत गरेको छ ।
बिभिन्न स्थानमा रहेका नेपालीहरुलाई सहयोग गर्न धुर्मुस सुन्तली फउण्डेशनकाअध्यक्षसिताराम कट्टेलले सबैलाई अनुरोध समेत गरेका छन् । उनले फेसबुकमा स्ट्याटस राख्दै बिपदमा सबैले सहयोग गरौं भन्दै पीडित पहिचान गरी आवश्यक सहयोग गर्नुनै मानवियधर्म निर्वाह गर्नु भएकाले सहयोग गरि उद्धार गर्न समेत अपिल गरेकाहुन् ।
Discussion about this post