जातीय विभेद को कारण रुकुममा घटेको घटनाको जति निन्दा गरे पनि पुग्दैन । यसले एक प्रेमी एक छोराको मात्र ज्यान लिएर उनी सँगै उनको खुसीमा साथ दिन गएका साथीहरूको पनि ज्यान लियो । यसको विरोधमा संसार भर रहेका नेपालीले आवाज उठाइरहेका छन् । यस घटनालाई सम्झेर साहित्य सृजना हुने देखी गीत सङ्गीत पनि बनिरहेका छन् ।
यसै बिच स्वर्गीय नवराज विक र उनका साथीहरूमा समर्पित गीत सार्वजनिक भएको छ । ‘मेरो के गल्ती दलित हुनुमा’ बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । भिडियो हेर्नुहोस् :-
गीतमा दीपेन्द्र शाह (नेपाली ब्रोज)को स्वर तथा सङ्गीत रहेको छ । गीतमा दिवसजंग शाहले शब्द लेखेका छन् । यसै गरी एरेञ्ज एण्ड मास्टरिङ जगदिप सिंह खातीको रहेको छ ।
गीतको भिडियोमा गायक शाह आफै फिचर्ड छन् । गीत अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो भने गीत ले जातीय छुवाछुतले प्रेममा पारेको असरको कथा बोकेको छ ।
Discussion about this post