चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत ‘हाइ मेरी पियारी ‘ लिएर आएका छन । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बाबजुद पनि नेपाली हिन्दुनारिहरुको महान चाड तीजको अवसर पारेर उक्त तीज गीत बजारमा ल्याएका हुन।
कुशल सर्जक तथा सुमधुर संगीतका धनी करन न्यौपानेको शब्द,संगीत रहेको उक्त गीतको एरेन्जर भने बिपिन आचार्यले गरेका छन।

यसपालिको तीजमा तीज संगीतको बजारमा छुट्टै मौलिक गीत पस्किएको बताउदै गायिका माण्डवि त्रीपाठिले गीतबाट दर्शक,श्रोताहरुले भरपुर मनोरञ्जन लिने कुरामा आफू विश्वस्त रहेको जनाउनु भएको छ।
गायिका सिर्जु अधिकारीको सिर्जु आधिकारि यु ट्युब च्यानल मार्फत आज नै प्रीमियर गरि सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोको निर्देशक अशोक बि क ले निर्देशन गरेका छन भने भिडियोमा सिर्जु अधिकारी ,रक्षा श्रेष्ठ र भिम पौडेलले अभिनय गरेका छन।
भिड्यो हेर्नुहोस् :
Discussion about this post