काठमाडौं, मंसिर २१
पाकिस्तानका तयब अस्लम र भारतका हरिन्दर सिंह १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्क्वासको पुरुषतर्पm एकलतर्पm फाइनल पुगेका छन्् ।
सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट संघको हलमा शनिबार भएका सेमिफाइनल खेलमा अस्लमले भारत र हरिन्दरले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्णको प्रतिस्पर्धा तग गरेका हुन्् । सेमिफाइनलमा भारतका अभय सिंहलाई ६–११,११–४, १२–१४, १२–१० र ११–७ ले हराउँदै अस्लम फाइनल पुगेका थिए ।
हरिन्दरले पनि सेमिफाइनलमा पाकिस्तानका मेहबुब फरहानलाई ९–११, ११–८, ६–११, ११–८ र ११–९ ले हराउँदै फाइनलमा पुगेका थिए । महिला एकलतर्पm भने भारतकै दुई खेलाडीले सेमिफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै फाइनल अगावै आफ्नो राष्ट्रलाई स्वर्ण सुरक्षित गराएका छन्् ।
पहिलो सेमिफाइनलमा भारतकी सुनयना कुरुभिल्लाले पाकिस्तानकी पैmजा जफरलाई ९–११,११–६, ११–० र ११–५ ले हराउँदै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका थिइन्् । अर्को सेमिफाइनलमा पनि भारतकै तान्भी खन्नाले पनि पाकिस्तानकी मदिना जफरलाई १२–१०, ११–६ र ११–७ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्् ।
पुरुष र महिलाको फाइनल प्रतिस्पर्धा आइतबार नै हुनेछन । आइतबारदेखि पुरुष र महिलाको टिम स्पर्धा पनि प्रतिस्पर्धा हुनेछन्् ।
Discussion about this post