Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

कोरोनाको भय : मानसिक समस्याको जोखिम ।

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
२६ जेष्ठ २०७७, सोमबार १०:१९
in आधारभूत, कारोबार, कुराकानी, देश, समाचार, समाज, स्थानीय सरकार
0
कोरोनाको भय : मानसिक समस्याको जोखिम ।
37
SHARES
162
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाको भय : मानसिक समस्याको जोखिम ।
– गोपाल ढकाल, मनोविद ।
कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ ।

रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला मानिसहरुमा तनाब ,डर , चिन्ताका साथै विभिन्न किसिमका मानसिक समस्याका लक्षणहरु देखिन सक्छन् ।
कस्ता कस्ता लक्षण देखिन्छन् त ?
मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु , कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु , कब्जियत हुनु , शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुसहुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर / चिन्ता / पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् । बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन ।
यस्ता लक्षणहरु बिपति वा संकटको कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केहि समय पछि मात्र देखिन शुरुहुन्छ ।


कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्बास्थ्य समस्या :
१. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता जन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।
३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६.अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग ।
७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाब जन्य समस्या ।
समस्या कसरी कम गर्न सकिन्छ ?


मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले माथी भनिएका जस्ता लक्षणहरु समय बित्दै जादा आफै हराउदै जान्छन् ।
केहिलाई भने लक्षण कम हुँदै जानुको सट्टा झन झन बढने पनि हुनसक्छ । जसले
मनोसामाजिक समस्या वा मानसिक स्बास्थ्य समस्याको जोखिम बढेर जान्छ। यस्तो नहोस् भन्नका लागि स्वंय ब्यक्तिले आफ्न‍ो शारीरिक स्बास्थ्यको साथै मनक‍ो स्याहारसुसारमा पनि बिशेष ध्यानदिनु जरुरी हुन्छ। जसलाई स्वहेरचाह भनिन्छ ।
आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
१. करोनाको संक्रमणबाट ज‍ोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर , त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।
२. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ ।
३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढि जानकारी लिन खोज्ने , समचार पटक पटक हेरि रहने जस्ता व्यवहार गर्नु हुदैन ।
४. सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउ सकिन्छ । परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।
५. तनाब कम गर्न शारीरिक ब्यायम , योग , मेडिटेसन , श्वास प्रस्वासको ब्यायम , ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्‍याउछ । तनाबको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।
६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाब बढाउछ।

यस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ ।
प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति पिच्छे कोहि चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ। धेरै मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्याका लक्षणहरु हराउदैनन् ।
बिपतिको बेला देखिने स्बभाबिक लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, ब्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।
लकडाउको अबधिभरि फोन मार्फत निशुल्क मनोपरामर्श सेवाक‍ो व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।
लेखकः मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन ।

Previous Post

नवराज विक र उनका साथीहरूमा समर्पित गीत सार्वजनिक मेरो के गल्ती दलित हुनुमा (भिडियो सहित)

Next Post

गायक प्रेम सेन्चुरीको” परदेशले मलाइ रुवायो”सार्बजनिक (भिडियो सहित)

Next Post
गायक प्रेम सेन्चुरीको” परदेशले मलाइ रुवायो”सार्बजनिक (भिडियो सहित)

गायक प्रेम सेन्चुरीको” परदेशले मलाइ रुवायो”सार्बजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal