एक वर्षमा खुद नाफा ७३ लाख ८६ हजार खगेन्द्र दाहाल, बर्दिया २३ कार्तिक ।
बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको भगवति दुग्ध उत्पादक सहकारी सस्थाले एक वर्षमै झण्डै पौने करोड नाफा गरेको छ । ३२४ जना सेयर सदस्य रहेको सस्थाले आज आफ्नो १७ औ वार्षिक साधारण सभा गर्दे आर्थिक वर्ष २०७५÷०७६ मा ७३ लाख ८६ हजार ५ रुपैया शुद्ध नाफा गरेको जनाएको छ ।

दुग्ध सहकारीले हाल सम्म १० करोड ६० लाख ३६ हजार ५ सय ८९ रुपैया कारोबार गरेकोे सस्थाका अध्यक्ष इन्द्र प्रसाद लुइटेलले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ मै अधिकतम दुग्ध उत्पादन विक्रि वितरण गर्दे आएको बर्दिया तिलकानामा रहेको भगवति दुग्ध उत्पादक सहकारीले यस आर्थिक वर्षमा मात्र दुग्धजन्य पदार्थ ७ करोड ५४ लाख ४९ हजार २ सय ३२ रुपैया बराबरको विक्रि गरेको लेखा संयोजक माधव प्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसका साथै सहकारीले घाँस विउ विक्रि, दाना विक्रि, तेल विक्रि, एनालाइजर विक्रि समेत गर्ने गरेको सहकारीले जनाएको छ । सहकारीले आजै उत्कृष्ठ किसानहरुलाई नगद सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वर्षभरीमा सबैभन्दा बढि ४० हजार ९३ लिटर दुध ल्याउने शारदा लम्साल लाई प्रथम पुरस्कार प्रदान गरीएको छ । त्यस्तै १९ हजार ४ सय ७३ लिटर दुध ल्याउनुहुने गगन गुरुङ्ग लाई द्धितिय पुरस्कार, १८ हजार १ सय ५० लिटर दुध ल्याउनुहुने प्रदिप शर्मा ढकाललाई तितिय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै सस्थामा हाल सम्म निरन्तर रुपमा गुणस्तरीय दुध ल्याउनुहुने टेक बहादुर गुरुङ्ग, लेख बहादुर केसी र दुर्गा भण्डारी लाई उत्कृष्ठ दुध उपलव्ध गराउने कृषकका रुपमा सम्मान गरीएको थियो । साधारण सभामा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य कविराम थारु, बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा कुमारी गौतम लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Discussion about this post