Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२३ मंसिर २०७६, सोमबार २१:२३
in खेलकुद, देश, फोटो फिचर, समाचार
0
बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’
52
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

भूपेन्द« थापा मगर र मिनु गुरुंगलाई स्वर्ण
मंसिर २३
दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ ।
जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुंग र भूपेन्द« थापा मगरले स्वर्ण जितेका हुन्् । महिला ५४ केजीको फाइनलमा मिनु गुरुंगले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन्् । उनले भारतीय खेलाडीलाई यूनानोमस डिसिजनको आधारमा हराउदै स्वर्ण चुमेकी हुन्् । हारसंगै भारतीय खेलाडी रजतमा खुम्चिए । काश्य भने श्रीलंकाकी सजीवनी मुथुथान्तथ्री पताबेन्डिगे र बंगलादेशका ओनिता इस्लामले जितिन्् ।

त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले पनि सागको पुरुष बक्सिंगमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भयो । उनले भारतका मनिष कौशिकलाई अंकको आधारमा हराउँदै साग बक्सिंगमा २ दशक लामो स्वर्णको खडेरीलाई समाप्त पारेका छन्् । यसअघि सन्् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए । काश्य भने बंगलादेशमा अल अमिन मोहमद र श्रीलंकाका दिनिदु दु पोन्ननविला भिडानालागेले प्राप्त गरे ।

सोमबार भएको ८ वटा तौल समूहको फाइनलमा भने भारतीय मुक्केबाजहरुको दबदबा रह्यो । महिला ४८ केजीको फाइनलमा भारतकी कलाईभानी श्रीनिभासनले नेपालकी ललिता महर्जनलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण चुमिन्् । हारसँगै ललिताले रजत पदक प्राप्त गरिन्् । काश्य भने भूटानका ल्हामो टान्डिन र नाडिका पुष्प रनसिंघे अराचिगेले प्राप्त गरिन्् ।

त्यस्तै महिला ६० केजीमा नेपालकी संगीता सुनार पनि भारतीय बक्सरसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन्् । हारसँगै संगीताले पनि नेपालका लागि रजत पदक जितिन । काश्य भने श्रीलंकाकी केशानी हंसिकाले प्राप्त गरिन्् ।

सोमबार भएको पुरुष ४९ केजीको फाइनलमा भारतका विनोद तनवरले भूटानका टाशी वांग्दीलाई हराउँदै स्वर्ण हात पारे । हारसँगै भूटानले जारी १३औं सागमा बक्सिंगमार्फत्् पहिलो रजत पदक जित्न सफल भयो । काश्य भने नेपालका सुशील थापामगर र बंगलादेशका होसेन मोहमद सोजिबले प्राप्त गरे । यसैगरी पुरुष ५६ केजीको फाइनलमा भारतका सचिनले बंगलादेशका मोहमद रोबिन मियालाई अंकको आधारमा हराउँदै स्वर्ण हात पारे । काश्य भने पाकिस्तानका नकिबुल्लाह र नेपालका पूरन राईले जिते ।

यसैगरी पुरुष ७५ केजीमा भारतका अंकित खतानाले स्वर्ण जितेका छन्् । फाइनलमा उनले श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दन अंकको आधारमा हराए । काश्य भने पाकिस्तानका हसन महमूद उइ र बंगलादेशका होसेन मोहमद आरिफले प्राप्त गरे । यसैगरी सोमबार भएको ९१ केजीको फाइनलमा भारतका गौरव चौहानले पाकिस्तानी बक्सर सनाउल्लाहलाई हराउँदै स्वर्ण पदक हासिल गरे । काश्य भने नेपालका अर्जुन सिगुले प्राप्त गरे ।

महिला तथा पुरुष गरी सोमबार सम्पन्न आठ तौलको अन्तिम नतिजाअनुसार भारत ६ स्वर्ण, २ रजत र १ काश्य सहित अग्रस्थानमा रहेको छ । त्यस्तै नेपाल २ स्वर्ण, २ रजत र ३ काश्य सहित दोस्रो स्थानमा छ । यस्तै श्रीलंकाको १ रजत ४ काश्य , बंगलादेशको १ रजत ४ काश्य, पाकिस्तानको १ रजत २ काश्य र भूटानले १ रजत १ काश्य जितेको छ । मंगलबार हुने अन्य आठ वटा बाउटपछि मात्र टिम च्याम्पियनको घोषणा हुनेछ ।

Previous Post

पौडी ः गौरिकालाई ४ स्वर्ण

Next Post

फेन्सिङ ः नेपाललाई थप दुई रजत

Next Post
फेन्सिङ ः नेपाललाई थप दुई रजत

फेन्सिङ ः नेपाललाई थप दुई रजत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal