स्याङ्जा सयोग समाज साउदी अरब को चौथो महाधिबेशन २०२१ साथै सँगितिक धमाका हुने भएको छ् । यही नोवेम्बर १९ तारिकका दिन रियाद एक्जिट १८ ईस्तरामा कार्यक्रम हुने भएको हो ।
कार्यक्रम बिहान ठीक १० बजे सुरु हुनेछ । स्याङ्जा सयोग समाज साउदी अरबले सम्पूर्णलाई कार्यक्र्ममा उपस्थिती भई गरिमा बढाइ दिन आग्रह गरेको छ् । सन २०१५ मा स्थापना भएको स्याङ्जा सयोग समाज साउदिले विगतका बर्ष हरु झै यस बर्ष पनि कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा सभागीता जनाउनेले निशुल्क हेर्न पाउने छन भने खानाको व्यवस्था रहेको छ । साउदीमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनी ,व्यवसायी लगाएत सञ्चारकर्मी सम्पुर्णलाई निमन्त्रणा पनि गरेको छ ।
Discussion about this post