लेखक: राज अवस्थी!!!
अघोषित प्रेमिका बर्षाहरु
निर्थक्क भिज्ने गरि
मनको दरबारमा
अटाएका छन।।
अन्जान हामी
न मैले भने, न तिमिले नै भन्यौ
यो अजिवको महसुस
कोरा कागजमा
सुनौलो रंगमा भरिदै छन।
संकिर्णाताको दैलो भित्र
यी बधा ब्याबधान भित्र
एउटै मुटु अनि एउटै घेरामा
स्वतन्त्र डुलिरहेकीछेउ
थोरै प्रेमको अबषेस बाकी थियो
उनि ती गहिरा आखाहरुमा
केही लुकाएर केही फुकाउदै थिईन!
म बाटो खोज्दै थिए
उ बाट टाढिन
उ अबब्यक्त मेरो मनका गाठाहरु
फुकाउन खोज्दै थिइन।
मैले पनि शिर निहुराएर
आँसु लुकाउदै
भन्न नखोजेका बनावटी
सब्दहरु भनेर उबाट बिदा लिए
उनी मलाई हेरिरहिन।।
कयौ प्रशन आउछन
को हो उनी ?
म आफै अन्धकारमा छु
एक छाया, एक हावा
एक महसुस, एक माया
एक प्रेम, एक कहानी
मुटु भित्रको बिहानी
मेरो खुसिको सिरानी
मुटुमा बसेर राज गर्ने तिमी
मेरो जिन्दगीनी
हलचल बनाउने एक कहानी
भन न ए, तिमी को हौ?
साझको हावा
बिरक्त मन
बैमानी तिम्रा याद ।
एउटा पत्र
जलिरहेको दीप
बहेको गंगा ।।
मुटुको धुन
आफै संगको दुरि
कस्तुरी पन ।।
बेजोड झरी
थाकिरहेको ज्यान
यो शनिबार ।।
स्तब्ध दिन
जलिरहेको मन
सुन्यता झन।।
धुमिल स्मिथ
अँध्यारो क्षितिजमा
यादमा उनि।।।
के यो “प्रेम” हो?
लेखक: राज अवस्थी
काठमाडौ नेपाल
Discussion about this post