इटहरीमा वजार अनुगमन गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा वजार अनुगमन गरिएको हो ।
आज हटिया लाइनमा सडकको दुवै तर्फ सडकअधिकार क्षेत्र मिचेर राखिएका समाग्री हटाउन लगाइएको छ ।

आज सचेत गराइएको पःून अनुगमनका क्रममा सडकमा सामान राखिएको पाइए कानुन वमोजिम कारवाही गरिने उपमेयर गौतमले वताउनुभयो ।
मूल्यवृद्धि,मिसावट,कालोवजारी रोक्न नियमित वजार अनुगमन गरिने उपमेयर गौतमले जानकारी दिनुभयो आज सात वटा किराना पसल र तीन वटा मीठाई पसलमा समेत अनुगमन गरिएको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईका अनुसार केही पसलहरुमा मूल्यसूची र वोर्डनराखिएको, नविकरण नगरिएको पाइएको छ ।
Discussion about this post