भारतले एघार दिनअघि आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसमा नेपालको भू-भागलाई भारतमा देखाइएको भन्दै विरोध भइरहेको छ।
जम्मू-कश्मीरलाई दिइँदै आएको विशेषाधिकार अन्त्य गर्दै त्यहाँ दुईवटा केन्द्र प्रशासित क्षेत्र बनाउने निर्णय गरेको भारतले त्यसलाई कार्यान्वयन गर्ने चरणमा उक्त नक्सा सार्वजनिक गरेको थियो।
त्यस नक्सामा सुदूरपश्चिम नेपालको कालापानीलगायतका क्षेत्र भारतभित्र देखाइएपछि सत्ताधारी र विपक्षी सबै दलहरूले त्यसमा विरोध जनाएका छन्।
उनीहरूले उक्त मुद्दालाई राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गर्न माग गरेका छन् भने सरकारले पनि त्यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ।
Discussion about this post