कोहलपुर दुर्घटनामा अटो चालक रोकाको मृत्यु बिहिबार बिहान कोहलपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर नजिकै भएको दुर्घटनामा बैजनाथ गाँउपालिका २ मकैबारीका ५० वर्षिय जय बहादुर रोकाको मृत्यु भएको हो ।
अटो चालक रोकाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो ।

त्यसैगरी अटोमै सवार जुम्लाका २५ वर्षिय मदन शाही र बैजनाथ गाँउपालिका १ चिसापानीका २१ वर्षिय सुजन शाही गम्भीर घाईते भएका छन । मदनको टाउको, छाती र खुट्टामा चोट लागेको छ भने सुजनको निधारमा चोछ लागेको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनामा बसमा सवार १४ जना यात्रु समेत घाईते भएका छन ।
सबै यात्रुको अवस्था सामान्य रहेको र उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बिहिबार बिहान ८ बजेको समयमा भे१ख २१२९ नम्बरको बस र अटो एकआपसमा ठोक्कीएका थिए । दुर्घटनामा अटो पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
Discussion about this post