कोभिड–१९ अर्थात कोरोना भाइरसको सङ्क्रमण एक सय १९ देशमा फैलिएको छ ।
सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३ सय पुगेको छ भने अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा चीनमा २२ जनाको ज्यान गएको छ । चीनपछि सबैभन्दा धेरै इटलीमा ६ सय ३१ जनाको ज्यान गएको छ ।

इटलीमा १० हजार एक सय ४९ जनामा सङ्क्रमण देखिएकोमा एक हजार बढी उपचारपछि घर फर्किएका छन् । सङ्क्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ९१ पुगेको छ ।
अझै पाँच हजार २० जनामा सङ्क्रमण छ । अहिलेसम्म आठ हजार ४२ जनामा सङ्क्रमण देखिएकोमा दुई हजार सात सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै दक्षिण कोरियामा ६१ जनाको ज्यान गएको छ । फ्रान्समा ३३ जना, स्पेनमा ३६ जना र अमेरिकामा ३१ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाको कुरा गर्दा भारतमा सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ ।
Discussion about this post