मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेनको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनीहरुले अभिनय गरेको ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको भिडियो विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ। ‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ।

सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ। गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन रहेको छ।
Discussion about this post