कोरोना संक्रमणका कारण विभिन्न समस्यमा पर्नुभएका नेपाली नागरिकहरुले २०७७।२।१ गतेदेखि आफ्नो विवरण अनलाइन फारमबाट नेपाली राजदूतावासमा पेश गर्नुहुन अनुरोध छ । फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिच्नुहोस् र मागेको विवरण भर्नुहोस् । उक्त फारम नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाउनु भएकाहरुको यो फारम भर्नु नपर्ने समेत जानकारी गराइन्छ । नेपाली राजदूतावासको रिसिप्सनको टेलिफोन नम्वर ०११४६१११०८ र हटलाइन नम्वर ०५५९३८९६०० सदा झै सम्पर्क गर्न सकिने छ ।
साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने जानकारी गराएको छ । साथै, अप्रिल २५ देखि १३ मे सम्मका लागि कायम रहेको दैनिक बिहान ९ बजे देखि सांझ ५ बजेसम्म आवागमन खुकुलो पार्ने र सांझ ५ बजे देखि भोलिपल्ट बिहान ९ बजेसम्म कर्फ्यू लगाउने कार्यलाई १४-२२ मे २०२० सम्म निरन्तरता दिने बताइएको छ । तसर्थ, साउदी अधिकारीहरूले जारी गरेका यस सम्बन्धी आदेश र निर्देशनहरुलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ ।

साथै, साउदी सरकारले विभिन्न समयमा जारी गरेका अन्य आदेश र निर्देशनहरुः ५ जना भन्दा बढी भेला हुन नपाउने, आफ्नो आवास बाहेक अन्यको आवासमा गई भेटघाट हुन र भोजभतेर गर्न नपाउने, बन्दै गरेका वा प्रयोगमा नभएका भवनहरुमा जम्मा हुन नहुने कर्फ्यूको आदेशको मानमर्दन हुने प्रकारका पोष्टहरु नगर्ने लगायतका विषयमा सदा ध्यान दिनुहुन नेपाली राजदूतावास पुन अनुरोध गर्दछ । कुनै व्यक्ति वा समूहको भड्काउ वा लहैलहैमा लागेर सामाजिक र सांस्कृतिक सद्भावमा खलल पुग्ने वा कसैको आस्थामा चोट पुग्ने कुनै कार्य नगर्न नगराउनुहुन पनि नेपाली राजदूतावास अनुरोध गर्दछ ।
आज मिति २०७७।०१।३१ (मे १३, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४४,८३० पुगेको छ । आज थप १,९०५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १७,६२२ जना निको भएका छन् । आज एकै दिन २,३६५ जना निको भएका छन् । आज ९ जना सहित आजसम्ममा जम्मा २७३ जना संक्रमितको मृत्यु भएको छ ।
कुवेतबाट नेपाली महिलाहरुको दु:खद खबर ? रबी लामीछाने र ज्ञानेन्द्र शाही को? || Lal ENTERTAINMENT
Discussion about this post