रिलिज को क्रम मा रहेको चलचित्र ‘सेल्फी किङ्ग’को लोकलयमा रहेको ‘जाली रुमाल’ बोलको गीत युटुबमा सार्वजनिक भएको छ् ।
गीतको भिडियोमा नायिका केकी अधिकारी र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ ।गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ् भने वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ् ।
चलचित्र ‘सेल्फी किङ्ग’ मा कलाकार विपिन कार्की मुख्य भूमिकामा छन । यस् चलचित्रमा एक कलाकारकै भूमिका देखिदै छन , केही दिन अगाडि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो ।

विशाल सापकोटाको निर्देशनमा तयार भएको चलचित्रलाई सुभाष थापा र दिनेश राउतले मिलेर निर्माण गरेका हुन ।
चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘सेल्फी किङ्ग’ यही बर्षको माघ २४ गते बाट प्रदर्शनमा आउँदै छ् ।
Discussion about this post