साउदी अरब रियाद | रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।
१. कोरोना भाइरसको संक्रमण विस्तारसंगै यहां रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्दै उल्लेखनीय संख्या टेलिफोन गर्ने गर्नुभएको छ । यसरी टेलिफोन गर्ने नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न साउदी अरबमा रहनुभएका नेपाली चिकित्सक डा. अनिरुद्र पाठकज्यूले हार्दिकतापूर्वक इच्छा देखाउनु भएको हुंदा डा. पाठकज्यूलाई निम्न अनुसार सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या सम्बन्धी परामर्श लिनुहुन अनुरोध छ ।
सम्पर्कःडा. अनिरूद्र पाठक, जनरल फिजिसियनढाका मेडिकल सेन्टर, बथा, रियाद ।टेलिफोन नम्वरः ०५४६३५६०२३(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म(आकस्मिक अवस्था आएमा अन्य समयमा पनि फोन गर्न सकिने तथा imo र WhatsApp मा लेखि पठाउन सकिनेछ )
२. आज मिति २०७७।०१।०२ (अप्रिल १४, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५३६९ पुगेको छ । आज थप ४३५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ८८९जना निको भएका छन् । आज ८ जना सहित जम्मा ७३ जना संक्रमितको मृत्यु भएको छ ।
थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारीको सूचि प्राप्त भएको छैन ।
नेपाली राजदूतावास रियाद ।२०७७।०१।०२

Discussion about this post