नेपालगन्ज २८ कार्तिक ।
३ करोडको लगानीमा अन्तराष्ट्रिय स्तरमै मान्यता प्राप्त प्रयोगशालाका विभिन्न उपकरणहरु र प्रविधिहरु सहित नेपालगन्जमा स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउने भएको छ । ‘गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवाको सहयात्री’ भन्ने नाराका साथ सन्चालनमा आउन लागेको “निदान डाइग्नोष्टिक सेन्टर”ले छिटै आफ्ना थप सेवाका बारेमा जानकारी गराउने सन्चालक एवं प्रवन्धक सन्दिप पोखरेलले जानकारी दिनुभयो ।

आज विश्व मधुमेह दिवसको अवसर पारेर निदानले पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा मंसिरको पहिलो साताभित्र गुणस्तरीय सुविधा सहित सेवा सुचारु गर्ने तयारी गरिएको जनाएको छ । गुणस्तरीय प्रयोगशालाको कमी र अभावलाई महशुस गर्दै अत्याधुनिक प्रविधि र दक्ष प्राविधिक सहितको सेवा दिने मुख्य उद्देश्यका साथ सन्चालनमा ल्याउन लागेको निदानका अर्का संचालक शिशिर सापकोटाले जानकारी दिनुभयो ।

विभिन्न हर्मोन, भिटामिन , क्यान्सर, कल्चर सहित नियमित जाँचहरु पहिलो चरणमा सुचारु गरिने र छिट्टै विशेषज्ञ सेवा सहित हिस्टो प्याथोलोजी र भिडियो एक्सरेको सुविधा निदानले प्रदान गर्ने सन्चालक सापकोटाले बताउनुभयो ।
“स्वास्थ्य परिक्षणको लागि भारतको लखनउ र काठमाडौं जानु नपर्ने गरि विश्वसनीय , कम सेवा शुल्क सहितको सेवा निदानले नेपालगन्जमै प्रदान गर्ने सन्चालक समितिका सदस्य कृष्ण पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा बिश्व मधुमेह दिवसको अवसरमा निदानले उपस्थित पत्रकारहरुको निशुल्क मधुमेह परिक्षण समेत गरिएको थियो ।

Discussion about this post