काठमाडौं, कात्तिक २८ गते ।
ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि बुङमतिको खोकनास्थित आफ्नै हातामा सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा त्रिज्योतिले आयोजक ज्ञानोदयलाई ४५–४१ ले पराजित गर्दै विजयी सुरुआत ग¥यो ।
त्रिज्योतिका निशान श्रेष्ठले २२ स्कोर गरे । गल्र्स बास्केटबलमा रिलायन्सले लिटिल एन्जल्स (एलए) लाई २२–८ ले हरायो । रिलायन्सकी निम छोडेन शेर्पाले १२ अंक जोडिन् । ब्वाइज फुटबलमा एलएले इनोभेटिभलाई ७–० गोलले पाखा लगायो । एलएका सुशांक गुरुङ र मुनाल थापाले समान २–२ तथा आदर्श विष्ट, बसन्त दुरा र आयुश बलामीले १–१ गोल गरे ।

प्रतियोगिताको केन्द्रीय प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे । छात्र फुटबलमा १२, बास्केटबलको छात्रमा १२ र छात्रामा १० तथा नेटबलमा ८ टिम सहभागी छन् । प्लस टु बास्केटबलको छात्रमा ९ तथा छात्रामा ८ टिमले भाग लिएका छन् । नेटबल पहिलो पटक राखिएको हो ।
ज्ञान निकेतनको जित
ज्ञान निकेतनले दोश्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बिहीबार जित हात पारेको छ । ज्ञान निकेतनले साइपाल एकेडेमीलाई ३८–३५ ले पराजित ग¥यो । ज्ञान निकेतनका मनीष तामाङले १६ अंक जोडे ।
प्लस टु ब्वाइजमै न्यु जेनिथले युनिक एकेडेमीलाई ३४–११ तथा एसले कान्जिरोवालाई ४७–३८ ले हराए । प्लस टु गल्र्समा न्यु भिजनले एसलाई ४६–१८ ले पाखा लगायो ।
जुनियर गल्र्समा न्यु भिजनले केओपीइएसएसलाई १२–२ तथा रातो बंगलाले गौरीशंकरलाई २८–१० ले पन्छायो ।
स्कुलतर्फ सिनियर ब्वाइजमा जेनिअमले जनप्रेमीलाई २६–१६ तथा जुनियर ब्वाइजमा न्यु भिजनले केओपीइएसएसलाई २२–६ ले पराजित गरे ।
Discussion about this post