काठमाडौं, कात्तिक २८ गते ।
अकी यु–१४ च्याम्पियन
डिएभीका अकी जुवेन राउत १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा बिहीबार पहिलो भएका छन् । फाइनलमा अकीले नेपाल प्रहरी स्कुलका चिराग तिम्सिनालाई ६–७ (६–८), ७–६ (७–६) र ७–५ (१२–१०) ले पराजित गरे ।
सोही स्पर्धाको गल्र्समा काष्ठमण्डपकी अजा रेग्मीले सेन्ट जेभियर्सकी इशाश्री शाहलाई ३–६, ७–५ र १२–१० तथा एलएकी शुभाङ्गीलक्ष्मी शाहले इलिम एकेडेमीकी सिरिष्टा राईलाई ६–४, ४–६ र १०–५ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१२ ब्वाइज सिंगल्समा काष्ठमण्डपका प्रणव मानन्धर, गण्डकी बोर्डिङका दर्शिल श्रेष्ठ, प्रहरीका शिलोककेशर खड्का र एलएका सक्षमविक्रम शाह सेमिफाइनलमा पुगे । यु–१० गल्र्स सिंगल्समा युनिभर्सलकी समृद्धि महर्जन, कान्जिरोवाकी लशा प्रजापति, नाला मास्के र द ब्रिटिस स्कुलकी सैवी ढकाल सेमिफाइनलमा पुगे । यु–१२ गल्र्स सिंगल्समा सेन्ट मेरिजकी इभा अधिकारीले सेमिफाइनल यात्रा तय गरिन् ।
Discussion about this post