चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। हिजो (आइतबार) साँझ कीर्तिपुरमा आफन्त भेटेर फर्कदै गर्दा भट्टराई अकस्मात बेहोस भएपछि उनलाइ चावहिल स्थित ओम अस्पताल पुर्याउने क्रममा अस्पताल पुग्नु अगिनै निधन भैसकेको अस्पताल स्रोतले जनाएको छ।
भट्टराईको निधनको कारण भने अस्पतालले खुलाएको छैन।पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने अस्पताल श्रोतको भनाइ छ।
भट्टराईको शवलाई सोमबार टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने श्रोतले जनाएको छ। निधन भएका भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने कर्मयोद्धा, देवरबाबु, ब्रासलेट, पाहुना, छोडी गए पाप लाग्ला लगायतका चलचित्र निर्माण गरेका थिए। उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।
Discussion about this post