Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

एकसाथ ७ गीत ल्याउने तयारीमा रामप्रसाद खनाल

rabin by rabin
३ माघ २०७८, सोमबार १८:३६
in भिडियो, मनोञ्जन
0
16
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् ।
खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए ।
तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही निर्णय गर्न नसकेको उनले सुनाए ।


खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण ह राम’ बोलको भजन गीत रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायन समेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए ।
खनालका अन्य गीतहरुमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन् ।
तेस्रो गीत भने उनको गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीत छ । भिडियो समेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो गीतको रुपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाएका छन् । उनकै शब्द, संगीत र स्वर रहेको यो गीतको समेत भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन् । यो गीतमा सबैले नाच्ने खनालले दाबी गरे ।


भिडियो गर्न बाकी रहेको ३ गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गजल गीत हो । यसमा पनि शब्द तथा स्वर उनकै छ । ‘फूल फुलेझैं’ दोहोरी गीत भने उनले ल्याउन लागेको अन्तिम गीत हो ।
यो लोकदोहोरी गीत अलि पृथक रहेको उनको भनाई रहेको छ । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । म्युजिक भिडियो छायाङ्कन भएको गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले बताए ।


एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका खनाल गुल्मी धरन्पानी मैनडाँडामा जन्मिएका हुन् । पछिल्लो समय वासिङ्टन डिसी अमेरिका बस्दै आएका उनले १२ सय बढी गीतमा स्वर दिएका छन् ।
लोकगीत, दोहोरी गीत, तीज र भजन गरेर ५२ एल्बम बजारमा ल्याएका उनको ‘माटोको दुःखाई’ कविता सङ्ग्रह पुस्तकमा अठारौँ कृति हो । १५०० बढी कविता, मुक्तक, गजल लेखन गरेका खनाल विगत ३० बर्षदेखि गीत संगीत, लोक संस्कृति र साहित्य क्षेत्रमा क्रियाशील छन् ।
रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका खनाल थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट समेत सम्मानित छन् । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक तथा अध्यक्ष हुन् ।
‘देउरालीमा पीपल छायाँले’, ‘दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’ लगायत खनालका थुप्रै गीत लोकप्रिय छन् ।

भिडियो

Previous Post

उदित नारायण झाको ‘स्वतन्त्र मन’ सार्वजनिक

Next Post

येदीन र अनुपको 'पन्चेबाजा बजाउँदै' मा सुधिर र करिश्मा

Next Post
येदीन र अनुपको   ‘पन्चेबाजा बजाउँदै’ मा  सुधिर र करिश्मा

येदीन र अनुपको 'पन्चेबाजा बजाउँदै' मा सुधिर र करिश्मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal