Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

जन्मदिन र विवाह उत्सवको खर्च समाजसेवामा,खर्बुजा काटेर दुवै उत्सव मनाईयो

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
१ आश्विन २०७७, बिहीबार ०८:५५
in अन्य, कुराकानी, देश, प्रवास, रोचक, संघ, समाचार, समाज
0
जन्मदिन र विवाह उत्सवको खर्च समाजसेवामा,खर्बुजा काटेर दुवै उत्सव मनाईयो
59
SHARES
258
VIEWS
Share on FacebookShare on Twitter

साउदी रियाद आसोज १,
तपाईं आफ्नो जन्मदिन वा विवाह वर्ष गाँठ मनाउदा के गर्नु हुन्छ?? केक काट्नु हुन्छ,राम्रा,राम्रा कपडा किन्नु हुन्छ र सजिनु हुन्छ,साथिभाई आफ्ना आफन्त बोलाउनु हुन्छ,आशीर्वाद लेनदेन गर्नु हुन्छ केही उपहारहरु लिनु हुन्छ अनि मीठो मीठो खाना सबैलाई खुवाउनु हुन्छ सम्भव भए राम्रा राम्रा गीतहरुमा रमाउनु हुन्छ नाच्नु हुन्छ।

तर यहाँ एक यस्तो समाजसेवी जोडिको कुरा उल्लेख गर्दै छौं जसले आफ्नो जन्मदिन र बिबाह वर्ष गाँठको अवसरमा यी सम्पुर्ण गर्ने खर्चलाई समाजसेवामा लगाउनु भएको छ। हो वहाँहरु हुनुहुन्छ समाजसेवी अमृत पौडेल र वहाँकि धर्मपत्नी लक्ष्मी पौडेल।

वर्षौं देखि साउदिमा रोजगारीको लागि आउनु भएको र रोजगारलाई फराकिलो पार्दै अहिले आफ्नै व्यवसाय संचालन गर्दै आउनु भएका व्यवसायिक रुपमा कार्यरत अमृत पौडेलले आफ्नो वैवाहिक वर्ष गाँठ र त्यसको भोलिपल्ट नै जन्मदिन परेको हुनाले वहाँले यी दुबै मनाउदा लाग्ने खर्च ६० हजार रुपैयाँ बराबरको समाजसेवामा खर्च गर्ने घोषणा गर्नु भएको थियो।

प्रवासमा भएर पनि विभिन्न संघ संस्थामा आबद्ध भएर समाज सेवा गरिरहनु भएका पौडेल यहाँ समस्यामा परेका हरेक नेपालीलाई सहयोग गर्नुका साथै नेपालमा समेत अफ्ट्यारोमा परेका परिवार,व्यक्तिलाई सहयोग गरिरहनु भएका वहाँ परिवारमा जो कसैको जन्मदिन आएपनि उक्त अवसरमा कुनै न कुनै सामाजिक कार्य र सहयोग गर्दै आउनु भएको छ।

पारिवारिक समाज नेपाल साउदिका अध्यक्ष,अन्तर संस्था समन्वय समिती रियादका अध्यक्ष,सृजना सांस्कृतिक समूहमा अध्यक्ष लगायत अन्य धेरै संस्थामा सल्लाहकारको रूपमा वहाँ आबद्ध हुनुहुन्छ अमृत पौडेल भने वहाँकि श्रीमती लक्ष्मी पौडेल अन्तर संस्था समन्वय समिती रियादकी महिला संयोजक हुनुहुन्छ,त्यस्तै पारिवारिक समाज नेपाल साउदिको सदस्य हुनुहुन्छ साथै अन्य विभिन्न संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ। यहि भदौ ३१ गत्ते पर्न गएको आफ्नो ४० औं जन्मदिन र ३० गत्ते पर्न गएको १२ औं वैवाहिक वर्ष गाँठको अवसरमा आफुले विगतमा पनि सहयोग गर्दै आएको र यो पटक भने विशेष कोरोनाको कारण पिडित भएकाहरुलाई सहयोग गर्ने हेतुले आफुले नेपालका लागि ३० हजार र साउदिमा पिडित नेपालिको लागि ३० हजार रुपैयाँ छुट्याइएको जानकारी अमृत पौडेलले दिनु भयो ।

खर्च कटौती गरेपछि आफुले भने केकको सट्टा खर्बुजा काटेर जन्मदिन मनाउनु भएको छ।

आफ्नो जन्मदिनको अवसरमा धेरै साथिभाईलाई बोलाउने इच्छा भएपनि कोरोनाको कारण १० जना भन्दा बढी जमघट हुन नसकेकोमा आफुलाई क्षमा गरिदिन अनुरोध गर्नु भएको छ।

पारिवारिक समाज नेपाल,कास्की सेवा समाज,सृजना सांस्कृतिक समूह,PT अन्लाईन News, मोरङ्ग ,सुन्सरी सेवा समाज,नेपाली साझा मन्च,NRNA साउदी का प्रतिनिधी, झापाली समाज साउदी लगायतका संघ संस्थाका प्रतिनिधि उपस्थित हुनु भएको सो कार्यक्रममा अमृत पौडेलले आफ्नो फेसबुक एकाउन्ट मार्फत प्रत्यक्ष प्रसारण गर्दै आफू सङ्ग विभिन्न ६ वटा प्रस्ताव सहयोगका लागि आएको जानकारी दिदै नाम घोषणा गर्नु भएको थियो जसमा
१) स्वेफ( cwef) नेपाल काठमाडौ (स्वेता केसि) अनाथ बालबालिकाहरुको रेखदेख पालनपोषण गर्ने संस्था।
२) कल्पना बिश्वकर्माको ९ वर्षीय छोरी जसको एक वर्ष अगाडि तिघ्राको हड्डी भाँचिएको र त्यहाँ स्टिल राखिएको तर अहिले पैसा अभावमा उक्त स्टिल निकाल्न नसकेको। ३)दिर्घमान जो दुवै आँखा देख्नु हुन्न र आफन्त पनि कोहि नभएको।


४)अनिता सुवेदी मृगौला पिडित
५)अमित आले दुवै मृगौला फेल
६) थमन गुरुङ्ग बाढी पिडित
माथी उल्लेखित पिडितहरुलाई तत्काल सम्पर्क गरि सहयोग उपलब्ध गराउने घोषणा गर्नु भयो भने उक्त रकम टेलिमनीबाट नेपाल पठाउदा आफुले कुनै चार्ज नलिने टेलिमनिका नेपाली मेनेजर जितेन्द्र थपलियाले जानकारी दिनु भयो। यस अवसरमा बागेश्वरी न्युज डट कम परिवार वहाँहरुको वैवाहिक वर्ष गाँठ र जन्मदिनको हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछ।

Previous Post

शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित 'दिलको राजधानी ' सार्वजनिक ( भिडीयो )

Next Post

गायिका एलिनाको फरक शैलीको ‘पन्छी’ सार्वजनीक (भिडियो )

Next Post
गायिका एलिनाको फरक शैलीको ‘पन्छी’ सार्वजनीक (भिडियो )

गायिका एलिनाको फरक शैलीको ‘पन्छी’ सार्वजनीक (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal