Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

सागको टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई ||

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार १८:०२
in खेलकुद, देश, पत्रपत्रिका, समाचार
0
सागको टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई ||
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १ गते ।
पहिलो दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको नेपालले सागको इतिहासमा अर्को कोसेढुंगा थपेको छ । नेपालमा हुने १३ औं सागबाट टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता गरिएको छ ।
पहिलोदेखि १२ औं सागसम्म टेलिभिजन प्रशारण अधिकार कसैलाई दिइएको थिए । सोमबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसंग टेलिभिजन सम्झौता सम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ । एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकार सम्बन्धी सम्झौता भएको हो ।
एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रशारण अधिकार वापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्ने छ । त्यसवापत एनके मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्ने छ । त्यसैगरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउने छ ।

एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजन मार्फत सबैको खेलका प्रत्यक्ष प्रसारण गर्नेछ । यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ । एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
दोश्रो सम्झौता एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भयो । जसअनुसार एसएओसीले प्रशारण अधिकारी र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने छ । राखेप आफैले ल्याउने विज्ञापनमा भने कसैको अधिकारी हुने छैन ।
तेश्रो सम्झौता एसएओसी र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्यायसंग भएको थियो । उक्त एजेन्ट कम्पनीले प्रशारण र विज्ञापन वापतको कमिसन प्राप्त गर्ने छ ।
सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले यस प्रसारण सम्झौतालाई ऐतिहासिक भनेका छन् । ‘साग खेलकुद नेपालबाटै सुरु भएको हो र साग खेलकुदको प्रसारण अधिकारको प्रारम्भ पनि नेपालबाट नै हुँदैछ । ओलम्पिकले पनि खेलको प्रसारण अधिकार विक्रि गरेपछ फड्को मारेको हो । अहिले ओलम्पिक आयोजनाका लागि कडा प्रतिस्पर्धा हुन्छ । एसियाली खेलकुदमा पनि प्रसारण अधिकारका लागि हानथाप हुन्छ । अब नेपालबाट साग खेलकुदमा पनि यसको सुरुवात भएको छ – एनओसी अध्यक्ष श्रेष्ठले भने ।

राखेपका सदस्यसचिव रमेश सिलवालले पनि यो एक ऐतिहासिक सम्झौता भएको कुरा दोहर्याए । यो एउटा नौलो प्रयास हो । नेपालमा भएको साग खेलकुद हामीकहाँ मात्र सीमित नहोस् भन्ने पनि यस सम्झौताको उद्देश्य हो ।– सदस्यसचिव सिलवालको भनाई छ ।
नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका एसएओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले प्रशारण अधिकारी र विज्ञापनबाट प्राप्त रकम नेपाली खेलकुदको विकास कार्यक्रममा उपयोग गर्ने बताए । उनले भने– ‘काउन्सिलले प्राप्त आम्दानी नेपाली खेलकुद र खेलाडी हितमा प्रयोग गरिने छ ।’
यसैगरी एनके मिडियाका सीएमडि मलिकले साग जस्तो प्रतियोगिताको प्रसारण गर्न आप्mनो कम्पनीलाई विश्वास गरेकोमा नेपाल सरकार र दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई धन्यवाद दिँदै सो विश्वासमा न्याय गर्ने बताए । उनले सागको सातै राष्ट्रमा १३ औं सागको प्रत्यक्ष प्रशारण हुने बताए । सागमार्फत् आप्mनो संस्थाले नेपालको बारेमा सकारात्मक सबै कुराहरु विश्वभर फैलाउने पनि उनले बताए ।
प्रशारण अधिकार ः
प्रशारण अधिकारको सम्झौतापछि अब कुनै पनि मिडियाले भिडियोको प्रत्यक्ष प्रशारण गर्न पाउने छैन । एनके मिडिय सीएमडि मलिकले खेल लगत्तै मिडियाका लागि भिडियाहरु उपलब्ध गराउने बताए । त्यस्तै एक्रिएडेटेड फोटो पत्रकारले भने फोटो खिच्न पाउने मलिकले बताए ।

Previous Post

बबई नदिको किनारमा ५० विगाहमा यसरी केरा खेती गर्दे झुपलाल (भिडियो सहित)

Next Post

मल्पी सेमिफाइनलमा | हिमालय क्वाटरफाइनलमा |

Next Post
एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट | साइपाल सेमिफाइनलमा | न्यु समिट र कन्स्टिलेसन विजयी | एथलेटिक्सको टेक्निकल कोर्स सुरु |

मल्पी सेमिफाइनलमा | हिमालय क्वाटरफाइनलमा |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal