मल्पी २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । मल्पीले सेन्ट जेभियर्सलाई २–१ गोलले पराजित ग¥यो । मल्पीसंगै बूढानीलकण्ठ, लोयल्टी र लिटिल एन्जल्स (एलए) पनि सेमिफाइनलमा पुगे ।

ब्वाइज बास्केटबलमा निर्मलले आयोजक ज्ञानोदयलाई ६६–३५ तथा एलएले एसलाई ५०–३२ ले हराए । गल्र्स बास्केटबलमा एलआरआईले त्रिज्योतिलाई ३७–९ तथा एलएले निर्मललाई २०–५ ले पाखा लगाए ।
नेटबलमा रिलायन्स इन्टरनेसनल एकेडेमीले त्रिज्योतिलाई १८–६, हिमालयनले ज्ञानोदयलाई २१–१८, मंगलदीपले भानुभक्तलाई २९–२६ र मल्पीले रिलायन्सलाई ३३–१८ ले पन्छाए ।
यो पनि पढनुस है :- हिमालय क्वाटरफाइनलमा
आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयले स्वप्न वाटिकालाई २१–१७ ले पराजित ग¥यो ।

हिमालयका रुबन कार्कीले १५ अंक जोडे । सिनियर गल्र्समा रातो बंगलाले ग्रामरलाई ३५–१३ ले हरायो । ग्रामरकी नुर प्रधानले २३ अंक जोडिन् ।
Discussion about this post