पिस प्वाइन्टको विजयी सुरुआत
आयोजक पिस प्वाइन्टले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा पिस प्वाइन्टले सनसाइनलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ नेलसन वाइबा तामाङले २ तथा ओमप्रकाश ठाकुरले १ गोल गरे ।

ब्वाइजमै क्याम्ब्रिजले एलेक्सरलाई ५–१ गोलले हरायो । क्याम्ब्रिजका आदर्श कार्की र ‘म्यान अफ द म्याच’ रोज थापाले समान २–२ तथा प्रज्ज्वल बान्तवा राईले १ गोल गरे । एलेक्सरका साहिल श्रेष्ठले १ गोल गरे ।
प्रतियोगिताका काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेम राईले एक कार्यक्रमबीच उद्घाटन गरे । मंसिर ८ गतेसम्म चल्ने नकआउट प्रतियोगिताको ब्वाइजमा २२ तथा गल्र्समा १२ टिम सहभागी छन् ।
Discussion about this post