डुडुवा ( बाके ), १ मंसिर |
बाकेको डुडुवामा जारी दोर्सो खिल्ला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि मानविय युवा क्लब नेपालगन्जले हात पारेको छ | डुडुवा गाउपालिकाको सहयोगमा नव दुर्गा युवा क्लब कम्दिले डुडुवा ५ छग्रहवा खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा आरसिपिबी प्रदेश नम्बर ६ लाई शुन्यका विरुद्ध १ गोल मानविय युवा क्लबले उपाधी हात पारेको हो |

उपाधीसंगै मानविय क्लबले रु ७००० हजार नगद पुरस्कार र कप पाएको छ | दोर्सो स्थानमा आएको आरसिपिबी प्रदेश नम्बर ६ ले रु ४५ हजार नगद पुरस्कार हात पारेको छ | प्रतियोगितामा प्रदेश नम्बर ५ र ६ का विभिन्न जिल्लाका ९ वटा समुले भाग लिएका थिए | गत कार्तिक २३ गते शुरु भएको प्रतियोगिता आज सकिएको छ | प्रतियोगिताका विजय समुहलाइ पुरस्कार वितरण गर्दै गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चैधरिले गाउँपालिकास्तरमा खेलकुदको विकासका लागि योजना र बजेटको विनियोजन गरिएको बताउनुभएयो |

उहाँले वडा नम्बर ५ स्थित छग्रहवा मैदानलाई व्यवस्थित खेल मैदानको रुपमा विकासको काॠ नियमित रुपमा भईरहेकाले आगामी वर्ष गाउँपालिकास्तरिय राम्रो स्टेडियम बन्ने बताउनुभयो | अध्यक्ष चैधरिले खेलकुदले स्वास्थ र विकास निमार्णका कार्यलाइ समेत सहयोग पुरयाउने भएकोले यसतर्फ युवाहरूको आकर्षण मात्र नभइ सबैको खेल प्रती आकर्षण बढ्नुपर्नेमा जोड दिनुभयो | आज बहेको समापन समारोहमा वडाध्यक्ष प्रशुराम बुढाथोकी , कार्यपालिका सदस्य रिता परियार, कमला शही, वडासदस्य झुठुवा थारु, नेपाली काङ्ग्रेसका हरि रेउले ल, नेकपा का प्रेमा शही, युवा बेल बहादुर बोहरा लगायतले बोल्नु भएको थियो | त्यस अवसरमा शिक्षा, स्वास्थ्री र साहित्यका क्षेत्रमा विशेष योगदान पुरयाउनु भएका ६ जनालाइ समान् समेत गरिएको आयोजक नव दुर्गा युवा क्लबका अध्यक्ष निर्मल नच्दले बताउनुभएयो
Discussion about this post