हङकङमा पहिलो कोरोनाभाइरस संक्रमित कुकुरको मृत्यु भएको छ।

पटक/पटकको उपचारपछि फर्काइएको १७ वर्षीया पोमिरानियन नामक कुकुरको सोमबार मृत्यु भएको हो।
साउथ चाइना मर्निङ पोष्टका अनुसार कुकुरको मृत्युपछि मालिकले अधिकारीहरूलाई जाँच गर्न भने दिएनन्।
कुकुरमा कोरोनाभाइरस देखिएपछि पनि क्वारेन्टिनमा राखिएको थियो। पाँच पटक मेडिकल टेष्ट गराउँदा कोरोनाभाइरसको संक्रमण कमजोर देखिएको थियो।
तर फेरि मार्च १२ र १३ मा हङकङको पशु विभागले कुकुरको जाँच गरेको थियो। त्यतिबेला पनि कुकुरमा कोरोनाभाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो।
कुकुरकी मालिकलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
उसको ६० वर्षीया मालिकमा फेब्रुअरी २५ तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि गरेको थियो।
ती महिला उपचारपछि मार्च ८ मा घर फर्केकी थिइन्।
कोरोना आशंकामा हङकङमा तीन कुकुर र एक बिरालोलाई पशु सेवामा राखिएको छ।
साभार : https://www.setopati.com/ बाट
Discussion about this post