( साउदी अरब रियाद ) नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनए गल्फकी पूर्व महिला संयोजक तथा हालकी केन्द्रीय सदस्य बेगमले यस्तो निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फत् भ्रामक अफवाह फैलाऊन बन्द गर्न आग्रह समेत गरेकी छन् ।
‘कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमितहरू जो पश्चिम नाकाबाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाकाबाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा (जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफÞैमा हास्यास्पद मात्र नभई शंकास्पद पनि देखिन्छ ।’ सामाजिक संजालमा उनले भनेकी छन् ।
बेगमले भनेकी छन
हाम्रो देश नेपालको इतिहास हेर्ने हो भने विभिन्न समयमा विभिन्न भाषा , धर्म र संस्कृति को नाममा यदाकदा झै – झगड़ा आरोप प्रत्यारोप तथा बादविवाद भई रहेको पाईए तापनी इतिहास देखी हालसम्म को कुनै पनी कालखंड़ मा हिन्दू- मुस्लिम भनेर जातिगत मतभेद वा देशव्यापी हिंसा भएको पाईदैंन।
कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमित हरू जो पश्चिम नाका बाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाका बाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा ( जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफ़ैमा हास्यास्पद मात्र नभई शंकास्पद पनी देखिंछ ।
यसरी जातिय विभेद उत्पन्न गराई शान्त देश नेपाल मा अशान्ति फैलाई धार्मिक सहिष्णुता लाई बिथोलि धर्मको नाममा दंगा उत्पन्न गर्न , छिमेकी राष्ट्र भारतको कूटनीतिक चाल,राजनीतिक पक्ष,केहि मीडिया र ब्यक्तिविशेषको एकगुट सामूहिक रूपमाँ नै परिचालित भएको मैले महसूस गरेको छू ।
२१ औ शताब्दी को बैज्ञानिक युगमा प्रवेश गरी सकेका हामी नेपालीहरू अल्पज्ञानका कारण बिश्वव्यापी महामारीको प्रकोप को रूपमा फैलिएको Covid-19 कोरोना भाईरस मुस्लिम समुदायले नेपाल भित्राएको निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फ़त भ्रामक अफ़वाह फैलाऊन बंद गरियोस ….
यस विषम परिस्थितिमा आफु सचेत बनी सुरक्षित रहदैं आपत तथा बिपतमा परेका देश तथा विदेशमा रहेका नेपाली हरूको निमित्त सहयोगी हाथ बढ़ाउ शिक्षित र सभ्य नेपाली को परिचय दिउ ।
साथै यस बिपतको घड़ी मा हामी सम्पूर्ण नेपाली मुस्लिम समुदायले संयमित भई शान्तिपूर्वक धार्मिक सदभाव जोगाऊनू आवश्यक देखिंछ ।
सम्पूर्णमा सकारात्मक सोचको अपेक्षा सहित
यासमिन बेगम सैयद
हाल – साउदी अरब
Discussion about this post