गायिका प्रविशा अधिकारीले अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग आज टिकाटालो गरेकी छन । यि दुबैले आफ्नै गृह जिल्ला झापामा टिकाटालो गरेका हुन । प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । निर्माण केही समय अगाडि अमेरिका बाट नेपाल आएका थिए । प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएका थिए । प्रविशा विगत एक दशक देखी नेपाली चलचित्रका गीतहरुको पार्श्व गीत गायनमा सक्रिय छीन भने हिमालय टिभीबाट प्रसारण हुने रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् ।
Discussion about this post