चर्चित गायक तथा संगितकार ” बिशाल काल्तान ” सांस्कृतिक कार्यक्रमका लागि युएई जादै । पूरा समाचार पढनुहोस

साउदी अरेबिया रियाद 11
सेलो गित संगितका चर्चित गायक तथा संगितकार बिशाल काल्तान यहि November 29 तरिकमा हुने एक सांस्कृतिक कार्यक्रमका लागि युएई जादै छन । काभ्रे सेवा समाज युएई को आयोजनामा हुन गैरहेको अनाथ बालबालिका को लागि काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम का लागि नेपाल बाट गायक बिशाल काल्तानका साथै चर्चित मोडल तथा डान्सर रिना थापा मगर पनि जादैछन ।

काभ्रेलि हरुको छाता संगठन काभ्रे सेवा समाज को चौथौ महाधिवेशन को अबसर पारेर आयोजना गर्न लागेको यस कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकारहरुको साथै युएईमा रहेका थुप्रै स्थानिया कलाकारहरुको पनि प्रस्तुति रहने छ । November 29 शुक्रवार दिउसो 3 बजे हुने सो कार्यक्रम बर दुबई स्थित एभरेष्ट क्लबमा हुने भएको छ ।

स्थापनाकाल देखि नै युएईमा रहेका नेपालीहरुलाई आपतबिपत पर्दा विभिन्न तवरबाट सहयोग गर्दै आएको काभ्रे सेवा समाज २०१४ अगष्ट ८ तारिखका दिन दामोदर दाहालको संयोजकत्वमा स्थापना भएको हो। भने समाजमा हाल युबा समाजसेबि दिल लामा अध्यक्ष रहेको छ ।

काभ्रे सेवा समाजले बिशेष गरि सामाजिक कार्य हरु जस्तै: अपाङ्ग तथा अनाथ सडक बालबालिकाहरुको लागि स्थापित विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग देखि भुकम्प, बाढीपीडित, गरिबीको कारण उपचार गर्न नसकेका बिरामीहरु, वैदेशिक रोजगारमा आएर अलपत्र परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।
Discussion about this post