नेपालगन्ज २ मंसिर / किशोर किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु पर्नेे एक कार्यक्रममा सहभागी किशोर किशोरी बताउँछन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा सन्चालन भएको मनोविर्मश र यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि पाँच दिने साथी शिक्षा तालिममा सो कुरा बताएका हुन् । बाँके जिल्लाको आठ वटै स्थानीय तहबाट सहभागी सिमान्तकृत समुदायका २९ किशोर किशोरीहरु सहभागी भएका छन् ।

सो ५ दिने तालिममा मनोसामाजिकको परिचय, मनोसामाजिकका समस्या, मनोसामाजिकका कारणहरु, मनोसामाजिकको पहिचान, किशोरावस्थामा देखिने मनोसामाजिकका समस्या र संचार सीपहरु बारे प्रशिक्षण गरिने फिल्ड सुपाईजर पुस्पा सुनारले बताईन् । सो तालिमको प्रशिक्षण निर्जला भट्टराईले गर्नु भएको छ । सो तालिमको सञ्चालन स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले गर्नुभएको थियो । साथै उहाँले बाल विवाह रोकथाम परियोजनाको बारे पनि बताउनुभएको थियो । स्याक नेपाल संस्थाको उद्धेश्य र तालिमको उद्धेश्य बारे स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले प्रष्ट पार्नुभएको थियो । प्लान इन्टरनेशलन नेपालका संरक्षण संयोजक आशा बुढाले बाल विवाह रोकथाम परियोजनाको बारेमा जानकारी दिनुभएको थियो ।

Discussion about this post