काठमाडौं, मंसिर २ गते । मल्पी र लिटिल एन्जल्स (एलए) २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
मल्पीले बूढानीलकण्ठलाई २–० गोलले पराजित ग¥यो । मल्पीका साश्वत र रिसेकले १–१ गोल गरे । एलएले लोयल्टीलाई ५–० गोलले हरायो ।

नेटबलमा रिलायन्स पब्लिकले भानुभक्तलाई ३१–३० तथा हिमालयले त्रिज्योतिलाई ३०–१० ले पाखा लगाए । बास्केटबलको गल्र्समा रिलायन्सले आयोजक ज्ञानोदयलाई ३६–१५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । ब्वाइज बास्केटबलमा त्रिज्योति, आइडियल मोडेल, श्री मंगलदीप, निर्मल, मल्पी, एलए र एलआरआई क्वाटरफाइनलमा पुगे ।
Discussion about this post