काठमाडौं, मंसिर २ गते ।
गोल्डेनपिक र डाफोडिल भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गोल्डेनपिकले त्रिज्योतिलाई ५७–४४ तथा डाफोडिलले एन्जल्स हर्टलाई ३५–२५ ले पराजित गरे । गोल्डेनपिकका गोपाल भण्डारीले १८ अंक जोडे । ब्वाइजमै भ्याली पब्लिक ‘ए’ ले

टीआईएलाई ३९–२४ ले हरायो । विजेताका राहुल विकले २२ स्कोर गरे ।
गल्र्समा ग्रिनल्यान्डले भद्रकालीलाई २२–१२ तथा त्रिज्योतिले फ्लोरोसेन्टलाई २९–२० ले पाखा लगाए । ग्रिनल्यान्डकी सितोषना केसीले ११ तथा त्रिज्योतिकी सिरिषा राईले ८ अंक जोडिन् ।

काठमाडौं, मंसिर २ गते । जेभियर र गोल्डेनगेट फाइनलमा
आयोजक जेभियर इन्टरनेसनल कलेज ‘ए’ र गोल्डेनगेट इन्टरनेसनल कलेज जेभियर कप यु–१९ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेको छ ।
जेभियर ‘ए’ ले लुम्बिनीलाई ५५–४९ ले पराजित ग¥यो । विजयी टिमका लागि अमित कोइरालाले १६ अंक जोडे । गोल्डेनगेटले टाइम्सलाई ५६–५० ले हरायो । गोल्डेनगेटका अभिषेकले १८ स्कोर गरे । फाइनल मंगलबार हुने छ ।
Discussion about this post