‘गोर्खा रक्षक’ फिल्म निर्माण गरेका शन्नी बीको हलिउड फिल्म ‘फ्याइट अफ फुरी’को ट्रेलर सार्वजनिक भएको छ ।
मानव तस्करीको कथामा निर्माण गरिएको फिल्ममा सन्नी बीसँगै जोसेफ ली, कार्ल भेन मिटेर लगायत कलाकारको अभिनय रहेको छ ।
अभिनेता शुन्नी बीको लेखन, निर्देशन तथा निर्माण रहेको फिल्ममा संगीत संजय श्रेष्ठको रहेको छ । ओरल्यान्डो गुइटीरेजले छायांकन गरेको फिल्मलाई अमृत नेपालले सम्पादन गरेका हुन् । यो फिल्म २०२० मा प्रर्दशन हुनेछ ।

ट्रेलर हेर्नुस् :
Discussion about this post