बाँके डुडुवा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको म्याद गुज्रिएको औषधी वितरण गरेको भन्दै केही स्थानीयको सामाजिक सञ्जालमा पोस्ट गरिएको घटनाप्रति गाउँपालिका स्वास्थ्य शाखाले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
डुडुवाको बेतहनी स्वास्थ्य चौकी अन्र्तगत वार्ड नंं २ का स्थानीय अज्ञाराम लोनियाको घरमा हेटराजन १०० एमजी नामक औषधीको म्याद गत २०१९ मा समाप्त भएको मितिको ट्याबलेटको पत्ता सामाजिक सञ्जालमा राखेर अरुलाई भ्रममा पार्नका लागि सुनियोजित ढङ्गले गाउँपालिकालाई बदनाम गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनु भयो ।
म्याद नाघेका कुनै पनि औषधी गाउँपालिका अन्र्तगत कुनै स्वास्थ्य चौकीमा नरहेको मौजदात खातामा देखिएको र त्यस्तो औषधी कसैलाई पनि वितरण नगरेको र पुरानो मौज्दात खातामा म्याद गुजे्रको औषधी नभएको स्वास्थ्य शाखाले जनाएको छ ।
सामाजिक संञ्जालमा यसरी समाचार आएपछि शाखा संयोजकको स्वास्थ्य टोलीले बेतहनी स्वास्थ्य चौकीमा अनुगमन गर्दा म्याद गुज्रेको कुनै पनि औषधी नभेटिएको भन्दै बुढाले उक्त घटनालाई खण्डन गर्दै अन्यत्र कतैबाट औषधी ल्याएर गाउँपालिकालाई नै बदनाम गर्ने कार्य भएको छ, भन्नुभयो ।
उहाँले स्वास्थ्य जस्तो संबेदनशिल विषयलाई लिएर गाउँपालिकाको नाममा गलत अफुवाह फैलाउने कार्य मानवको हितमा नभएको भन्दै यस्ता कार्य जो कोहीबाट भएपनि तत्काल रोक्न माग गर्दै सो घटनामा सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गर्ने बताउनुभयो ।

सो घटना बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मंगलबार घटनास्थल बेतहानी स्वास्थ्य चौकीमा पुगेर औषधीको खोजतलास तथा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा औषधी स्टोर तथा स्थानीय अज्ञारामको घरमा पुगेर समेत खोजतलास गर्दा स्वास्थ्य चौकीले वितरण गरेको कुनै पनि म्याद गुज्रिएको औषधी नभेटिएको पाइएको छ । लोनियाको घरमा ११ जनाको परिवारमध्ये १० जनाले औषधी सेवन गरेको र एक जनाले मात्र सेवन नगरेको दर्ता रेकर्डमा देखिएपनि बाँकी सिंगो औषधी अन्यत्रबाट ल्याएर बदनाम गर्न खोजिएको ठहर गरिएको हो ।
अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो । हात्तीपाइलेविरुद्धको औषधी नेपाल सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिकालाई पठाएको सम्पूर्ण रेकर्ड रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यसवर्ष हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिएको छ ।
Discussion about this post